युवा उमेरको आधारमा होइन, बिचार, सिद्धान्त र एजेण्डाको आधारमा हुन्छ : लामा

थाहा । नेकपा (माओबादी केन्द्र) थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाले युवा उमेरको आधारमा होइन बिचार, सिद्धान्त र उसले बोकेको एजेण्डाको आधारमा हुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरको संघिय निर्वाचन क्षेत्र नं. २ मा युवा उम्मेद्वारको हैवा फैलाईएको छ । केपि ओलीको प्रतिगामी एजेण्डासहित मृत राजतन्त्रलाई काँधमा बोक्ने ४१ बर्षिय बर्तौला भन्दा गणतन्त्र, संघीयता, समाबेशिताको लागि ओलीको प्रतिगमन विरुद्ध बिद्रोह गर्ने ६४ बर्षिय बिरोध खतिवडा नै युवा हुन् ।’

त्यसैले नेकपा एमालेले फैलाएको युवा उम्मेद्वारको भ्रममा नपर्न आम मतदाता समक्ष लामाले अनुरोध गर्नुभयो ।

दिपावली, न्हुदयाँ भिन्तुना, छठ पर्व लगायत बिभिन्न चाडपर्बहरु को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै अध्यक्ष लामाले गठबन्धनमा सहभागी सबै दलको कार्यकर्तालाई निर्वाचन आफ्नो दलको बिचार र एजेण्डा आम जनता बिच लगि संगठन बिस्तार गर्ने राम्रो अवसर भएको बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्व स्थापित गर्ने र आफ्नो कार्य दक्षता देखाउने अवसर पनि भएकोले यो अवसरमा आफ्नो दलको बिचार मतदाता स्तरमा पुर्याउदै संगठन बिस्तार गरी गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउने जस्ता अवसरै अवसर भएकोले यो अवसरलाई सदुपयोग गर्न समेत अनुरोध गर्नुभयो ।

अध्यक्ष लामाले आफ्नो पार्टी माओबादी केन्द्रका कार्यकर्तालाई यो निर्वाचन अभियानमा दत्तचित्त भई लाग्न अनुरोध गर्नुभयो र अहिलेको निर्वाचनमा पुर्याएको योगदानको उचित कदर गरिने समेत बताउनुभयो ।

उहाँले चुनाबको समयमा मात्र होइन पार्टी संगठन निर्माणका लागि हरेक समय सक्रिय हुन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

साथै लामाले प्रतिगमलाई परास्त गरि मकवानपुर क्षेत्र नं. २ (क) क्षेत्रको बिकास र समृद्धिको निम्ति गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनको निम्ति अहोरात्र खट्न कार्यकर्ताहरुलाई र मतदान गर्न सम्पुर्ण मतदातालाई आह्वान गर्नुभयो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.