ऋषि सुनक बेलायतको औपचारिकरुपमा प्रधानमन्त्री नियुक्त

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री नियुक्त भएको बीबीसीले जनाएको छ ।

बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेका थिए । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुन् । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बनेका छन् । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उनले स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन् ।

प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बनेका हुन्। यही वर्षको पहिलो पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि सुनक विजयी भएका हुन्। विपक्षीहरूले आम चुनावको माग गरे पनि सुनकले अस्वीकार गरेका छन् ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.