निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय चुनावका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । 

आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पे गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले ५४८ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी दिएका छन् । 

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.