

काठमाडौं । नेपालमा अहिले ६६२ जना कोरोनाका सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ६६२ जना संक्रमित आइसोलेसनमा रहेका हुन् ।
यस्तै, मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४४८ पीसीआर परीक्षणका क्रममा १४ जना र ४४० एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् ।
