बेलायतसहित विभिन्न देशमा ह्वाट्सएप डाउन, ओइरो लाग्यो गुनासोहरु

एजेन्सी । बेलायतभरि प्रयोगकर्ताका लागि ह्वाट्सएप डाउन भएको छ । तत्काल दशाैँ हजार मानिसले आफूहरूले यस एप मार्फत म्यासेज पठाउन र प्राप्त गर्न नसकेको गुनासो गरेका थिए ।

ओइटेजेज डाउनडिटेक्टरले मंगलबार बिहान ८ बजेर २८ मिनेट जाँदा सम्म समस्यासम्बन्धी ६९ हजार १ सय वटा भन्दा बढी रिपोर्ट प्राप्त गरेको जनाएको छ । ८ बज्नुअघि पहिलोचोटि यस्तो समस्या देखिएको थियो । तर, करिब ९ बजेर ३० मिनेट जाँदा समस्या रिपोर्ट गर्नेको सङ्ख्या घटेर २९ हजार ९ सय १७ मा झरेको थियो । 

वेबसाइटले तथ्यांक संकलन गर्ने तरिका हेर्दा समस्या भोग्ने प्रयोगकर्ताको वास्तविक सङ्ख्या अझै बढी हुुनुपर्ने अनुमान गरिएको छ ।  

विश्वभरिका ह्वाट्सएप प्रयोगकर्ताहरूले एपले काम नगरेको गुनासो गर्न ट्विटर लगायतका सामाजिक सञ्जालहरू प्रयोग गरेका थिए । ७० हजार भन्दा बढी ट्विटसहित ट्विटरमा ह्यासट्याग ह्वाट्सएपडाउन ट्रेन्डिङ भइरहेको थियो भने इन्टरनेटमा सयौँ मिम ओइरिएको थियो । 

डाउनडिटेक्टरले भारतमा ११ हजार भन्दा बढी र सिंगापुरमा १९ हजार प्रयोगकर्ताले पनि यो समस्या रिपोर्ट गरेको पत्ता लगाएको थियो । त्यसपछि ह्वाट्सएपकाे माउ कम्पनी मेटाका एकजना प्रवक्ताले यस्तो सन्देश प्रवाह गरेका थिए, “केही प्रयोगकर्ताले मेसेज पठाउन समस्या भोगिरहेको हामीले जानकारी पाएका छौँ र हामी यथासंभव छिटो सबैका लागि ह्वाट्सएप रिस्टोर गर्ने काममा जुटिरहेका छौँ ।”

बेलायतका अधिकांश विधायक र राजनीतिज्ञहरूले सन्देश आदानप्रदानका लागि ह्वाट्सएपकाे बढी प्रयोग गर्ने गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *