मलामी गएर फर्कदै गरेको अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन जना घाईते

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाईते भएका छन् । दुर्घटनामा सोही पालिकाको वडा नम्बर ८ का राम बहादुर गोलेको मृत्यु भएको छ ।

शुक्रबार साँझ वडा नम्बर ५ स्थित कोइराला दमार चोकमा मलामी गएर फर्कदै गरेको ना १ ह ५८५५ नम्बरको अटोले रोकिराखेको बा.प्र.०३–००१ क ४१३ नम्बरको ट्रकमा ठक्कर दिएको हो ।

घाइते भएका अटो चालक बागमती ८ निवासी सिंह बहादुर योन्जन, पछाडी सवार बागमती ८ कै वीर बहादुर थोकर र लक्ष्मण राईको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *