बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

कैलाली । बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार जिप टुक्राटुक्रा भएका कारण नम्बर प्लेटसमेत खुलेको छैन । 

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको भण्डारीले बताए । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *