हेटौंडा । नेपाल र चीनको सिमा क्षेत्रमा भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक र चीनको तिब्बत सिमाक्षेत्रमा केन्द्र बनाएर ५.९ म्याग्नेच्युटको भुकम्प भएको हो ।
बुधबार दिउँसो ३ बजे् ७ मिनेटमा भुकम्प गएको केन्द्रले जनाएको छ । भुकम्पको धक्का काठमाडौं, काभ्रे, मकवानपुर लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो ।
भुकम्पको धक्का महसुस हुने वित्तिक्कै मानिसहरु घरबाट बाहिर निस्किएका थिए । यद्यपी यो २०७२ सालकै महाभुकम्पको पराकम्प हो या नयाँ भुकम्प हो भन्नेबारे जानकारी आएको छैन ।