आज र भोली ५ बर्षमूनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

हेटौंडा । देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको छ। सरकारले आज मंगलबार र भोलि बुधबार राष्ट्रिय भिटामिन ए कार्यक्रम तथा जुकाको औषधि खुवाउँदैछ।

झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैबिच, मकवानपुर जिल्लाका दश वटै स्थानीय तहका ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज र भोली गरी यस जिल्लामा ३५ हजार ३२० जना बालबालिकालाई भिटामिन ‘ए’ र ३१ हजार ५३८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । यो अभियान आज र भोली मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहमा जारी रहने छ ।

मकवानपुरको हेटौडा उपहानगरपालिकामा भिटामिन ए कार्यक्रम अन्तर्गत ९२ जना महिला स्वास्थ्य स्वयं सेवीका र ९२ जना स्वास्थ्य आमा समूहका सदस्यको सहयोगमा भिटामिन ए र जुकाको औषाधि खुवाइने भएको छ । कार्यक्रमको दुवै दिनका लागि ९२ वटा केन्द्र तोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा ६ महिनादेखि ५ वर्षसम्मका करिब १४ हजार बालबालिकाले सेवा लिने अनुमान गरिएको बताइएको छ । उपमहानगरपालिकामा प्रत्यक वडाबाट १ जना र पालिकाबाट १० जना सुपरिवेक्षक अनुगमनको लागि खटाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *