नेकपा बहुमत मकवानपुरका इन्चार्ज र सेक्रेटरी पक्राउ

हेटौंडा । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका मकवानपुर इञ्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर इञ्चार्ज ध्रुव खड्का ‘ध्रुव’ र सेक्रेटरी विक्रम राना ‘शक्ति’लाई प्रहरीले हेटौँडा, जिल्ला प्रहरी कार्यालय परिसर नजिकैबाट मंगलबार मध्यान्ह नियन्त्रणमा लिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन बहिस्कार अभियानमा लागेको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमतसहितका चार पार्टीको अभियानअन्तर्गत भित्ते लेखनक्रममा बहुमतका नेताहरुको गिरफ्तारी भएको नेकपा (क्रान्तिकारी माओवादी) ले जनाएको छ । पार्टीका सेक्रेटरी दिक्पालले प्रेस विज्ञप्ति जारी गर्दै दुवै नेतालाई सशर्त रिहा गर्न माग गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *