पशुपक्षीं दिवसका अवसरमा मन्थलीमा पशुस्वास्थ्य शिविर

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं.१० मन्थली स्थित घ्याम्पे चौरमा पशु स्वास्थ्य शिविर भएको छ ।
समस्त प्राणीको कल्याण, विश्वको सामुहिक अभियान भन्ने मुल नाराका साथ विश्व पशुपक्षीं दिवस २०७९ को अवसरमा पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।


वागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयको आयोजना बकैया गाउँपालिका पशु शाखाको सहयोग तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको सहकार्यमा शिविरको आयोजना गरिएको थियो ।


बकैया गाउँपालिका वडा नं. १० वडा अध्यक्ष कमला कुमारी वाईवाको प्रमुख आतिथ्यता तथा डा।आभाष कोइरालाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बकैया गाउँपालिका अशोक कुमार सिंहले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।


कार्यक्रममा बकैया गाउँपालिकाका केशव प्रसाद लुइटेल, पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय पशु सेवा अधिकृत डा.सलिना श्रेष्ठ, रामहरी शर्मा, प्रेंयका यादव, अजय बतौंला, विमोचन पौडेल, सुस्मिता अधिकारी, अविनाश ठाकुर लगायतकाको सहभागिता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.