अरिंगालले चिलेर सल्यानमा आमाछोरीको ज्यान गयो

सल्यान । सल्यानमा अरिंगालले चिलेर आमाछोरीको ज्यान गएको छ । अर्का एक जना बिरामी  भएका छन् ।

सल्यानको सिद्ध कुमाख – १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिङगालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो बेलुका खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा तीन जनालाई अरिंगालले चिलेको थियो ।

श्रीनगरमा रहेको परोपकार अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आमा शोभाको भने बिहान ज्यान गएको हो । अरिंगालले चिलेर बिरामी परेका नवीन बस्नेतको श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *