लङ जम्पमा सशस्त्रका सलिम र आर्मीकी जयरानीको कीर्तिमानी स्वर्ण

कास्की । प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् । उनले मंगलबार बिहान भएको प्रतिस्पर्धामा ७ दशमलव ०६ मिटर दूरी जम्प गर्दै स्वर्ण जितेका हुन् ।

एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७ मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् ।

त्यसै गरी एथलेटिक्स महिला लङ जम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

उनले पोखरा रंगशालामा ५ दशमलव ५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

यस इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५ दशमलव ४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ मा राखेको ५ दशमलव ४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।

लुम्बिनीकी निशा चौधरीले ५ दशमलव ४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *