नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले भरिभराउ भए होटलहरु

बागलुङ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलकुद प्रतियोगीता जिल्ला तहमा सञ्चालन भए पछि सदरमुकाम बागलुङ बजारका होटलहरु भरिभराउ भएका छन् ।

बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगीतामा सहभागी हुन सयौको संख्यामा खेलाडी, रेफ्रि, प्रशिक्षक तथा खेलसँग सम्बन्धीत व्यक्तिहरु बागलुङ आए पछि होटल व्यवसाय गतिसिल भएको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी करिव पाँच सय हाराहारीमा खेलाडी, प्रशिक्षक रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख एवं आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सचिव राजु खड्काले बताउनुभयो ।

बागलुङ नगरपालिकाका उपप्रमुख एवं आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सचिव राजु खड्काले बागलुङका नौ वटा होटलमा खेलाडी, प्रशिक्षक एवं अफिसियलहरुलाई राखिएको बताउनुभयो ।

तीन विभागिय टोलीका खेलाडीहरु आन्तरिक रुपमा विभाग मातहतकै कार्यालय भित्रै बसेको र अन्य सात प्रदेशका खेलाडीहरु होटलमा बसेको बताउनुभयो । खेलाडीहरुलाई होटलको सेवा सुविधाको बारेमा जानकारी गराएपछि आफ्नो चाहना अनुरुप रोजेर बसेको बताउनुभयो । खेलाडीहरुले दैनिक ८५० देखि १ हजार चार सय रुपियाँसम्म तिरेर होटलमा बसेका छन ।

खेलाडी आए पछि बजारका होटलहरु भरीभराउ भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । ‘प्रतियोगीताले होटल व्यवसाय चलायमान भएको छ’ उहाँले भन्नुभयो–‘हाम्रो क्षमताले भ्याएसम्मको सुविधा दिएका छौँ ।’

जिल्लामा आएका खेलाडी, प्रशिक्षक र अफिसियललाई पर्यटकीय स्थानहरुमा जानको लागि बसको समेत व्यवस्था गरिएको छ । धौलागिरि गण्डकी तथा बागलुङ भगवती यातायात प्रा।लिसँग सल्लाह गरेर प्रतियोगिताका लागि जिल्लामा आएका खेलाडीलाई सस्तो शुल्कमा पर्यटकीय स्थानहरु घुमफिर गर्ने र होटलदेखि खेलस्थानसम्म लैजानको लागि व्यवस्था गरिएको छ ।

बागलुङ बजार नजिकै रहेका बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट धाम, कुँडुलेको शालिग्राम संग्राहलय, नेपालकै लामो झोलुङ्गे पुलहरु जिल्लामा आएका पर्यटकहरुको रोजाइमा परेका छन् ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.