टी–२० विश्वकपमा स्कटल्याण्डले वेष्टइण्डिजलाई ४२ रनले हरायो

काठमाडौं । टी-२० विश्वकपमा स्कटल्याण्डले दुई पटकको च्याम्पियन वेष्टइण्डिजलाई ४२ रनले हराएको छ ।

क्वालिफाइङ राउण्डमा स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज १८.५ ओभरमा ११८ रनमा अलआउट भयो । उसका लागि जेसन होल्डसले सर्वाधिक ३८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि जोर्ज मुन्सेले अविजित ६६ रन बनाएका थिए ।

जितपछि स्कटल्याण्डका कप्तान रिचर्ड बेरिङटनले भनेका छन्, ‘यो जित हाम्रा लागि खास छ । यसका लागि हामीले पछिल्लो १२ महिना निकै मिहिनेत गरेका छौं ।’

यसअघि आइतबार नामिबियाले श्रीलंकालाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *