प्याराग्लाइडिङ उडान अनिश्तिकालका लागि बन्द

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको क्रममा एक खेलाडीको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएपछि सरकारले अनिश्तिकालका लागि प्याराग्लाइडिङ उडान बन्द गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

उनले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

आइतबार मात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ ।

अब प्याराग्लाइडिङ उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *