

काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ‘अत्यधिक’ बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएकाले मूल्य बढ्न सक्नेतर्फ पनि संकेत गरेको छ ।
निगमका अनुसार आज आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ ।
पेट्रोलमा १ रुपैयाँ ७४ पैसा प्रतिलिटर घाटा हुने निगमले जनाएको छ ।
पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा हुने निगमको भनाइ छ ।
यद्यपि निगम घाटामा भने छैन । अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।
