भीमफेदीमा सत्ता गठबन्धनको प्रचारप्रसार कार्यालयको उद्घाटन

भीमफेदी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रचारप्रसारका क्रममा सत्ता गठबन्धनको भीमफेदी गाँउपालिका स्तरीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ ।


नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संयुक्त रुपमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका हुन् ।


उद्घाटनका क्रममा प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं. २ का उम्मेद्वार खतिवडाले संबिधानको रक्षा गर्नकालागि गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनुपर्ने बताए ।


नेकपा (माओबादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले मकवानपुर जिल्लाको समानुपातिक बिकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी बिजयी गराउन अनुरोध गरिन् ।

नेपाली कांग्रेस भिमफेदी गाउँ कमिटि सभापति सन्जिब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य गोपी राम बल, मोम लाल दोङ, क्षेत्रीय उपाध्यक्ष रञ्जन कुमार कठायत, नेकपा (माओबादी केन्द्र) भीमफेदी गाउँपालिका ईञ्चार्ज अप्सरा लामा, नेकपा (एकीकृत समाजवादी) का मकवानपुर सचिव बिष्णु दाहाल, सचिवालय सदस्य किरणमान बल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल लगायको आतिथ्यता रहेको थियो ।


बाम लोकतात्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति भीमफेदी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गठबन्धन अन्तरगतका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.