तोकिएको दर भन्दा बढी भाडा लिने ५ जना नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले तोकिएको दरभन्दा बढी भाडा लिने पाँच जनालाई पक्राउ गरेको छ । बिहिबार प्रहरीले हेटौंडा २ पुरानो मकवानपुर रोडस्थित सडकमा काठमाडौं जाने यात्रुहरुसंग तोकिएको दर भन्दाबढी भाडा लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर १ बस्ते २२ वर्षका अनिल साह कलवार, हेटौंडा–२ मानस चोक बस्ने २२ बर्षका रोहित थापा, वडा नम्बर ४ कमलडाँडा बस्ने २० वर्षका निकेश लामा, वडा नम्बर १० बस्ने १८ वर्षका निशान श्रेष्ठ र सोही स्थान बस्ने ३५ वर्षका आकाश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिइएकाहरुलाई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *