किष्ट अस्पतालले भन्यो, सत्य मोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ

काठमाडौं । शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ । किष्ट अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले उनको अवस्थामा सुधार नभएको उल्लेख छ । 

आजदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उनलाई औषधि चलाइएको अस्पतालले जनाएको छ । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगी संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *