हेटौंडामा पत्रकारका लागि नेतृत्व विकास तालिम

हेटौंडा । मकवानपुरका यूवा र महिला पत्रकारका लागि बुधबार एकदिने नेतृत्व विकास तालिम दिइएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको आयोजना तथा पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा तालिम दिइएको हो ।

महासंघका पूर्व केन्द्रिय सभापति डा. सुरेश आचार्यले सहभागी पत्रकारहरुलाई नेतृत्व विकासका सिद्धान्त, उसमा हुनुपर्ने गुणहरु, नेताका व्यक्तिगत विशेषता, संगठनको प्राथमिकता, अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेका प्रमुख पाँच प्राथमिकता तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघमा सहभागिता लगायतका विषयमा प्रशिक्षण दिए

महासंघका कार्यक्रम संयोजक रामप्रसाद दाहालले लिङ्ग र लैङ्गीकताको अवधारणाबारे प्रष्ट्याए ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी केन्द्रिय महिला सचिव श्रीजना अर्याल, महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु नवराज शर्मा, भानुभक्त आचार्य, राममणी दाहाल, निर्वतमान अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *