असोज २४ गते, हेटौंडा । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गराएकाक छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ उम्मेदवारी परेको हो । जसमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ४३ जना रहेका छन् ।
प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर–२ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ चुनाव लड्न सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेको समर्थनमा ‘सूर्य’ चिन्हबाट चुनाव लड्ने गरी राप्रपा नेपालका अध्यक्ष कमल थापा, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दीपक बहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा, मौलिक जरोकिलो पार्टीबाट संगिन श्रेष्ठ, नेपाली कांग्रेस (बीपी)बाट सुरेन्द्र भट्टराई, मंगोल नेशलनल अर्गनाइजेशनबाट युवराज लामा, सचेत नेपाली पार्टीबाट पंचलाल तामाङ, मालेबाट कृष्णप्रसाद दाहाल, स्वतन्त्रबाट सुभाष पौडेल, आइतराम तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेमकिपाबाट शान्तलाल भैल, हाम्रो नेपाली पार्टीबाट दिपेन्द्रचन्द ठकुरी, जनता समाजवादी पार्टीबाट इन्द्रमान थिङ, जन समाजवादी पार्टीबाट मनबहादुर दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका विरोध खतिवडा, एमालेबाट महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, राप्रपाबाट राजन मैनालीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट रत्न प्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनबाट जीवन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, सचेत नेपाली पार्टीबाट कुलेन्द्र दीप विक्रम न्यौपाने, मालेबाट उद्धव प्रसाद अधिकारी, नेकपा नेशनलिष्ट पिप्लस पार्टीबाट तुला बहादुर लामा र स्वतन्त्रबाट प्रदिप कालाखेतीले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभातर्फ मकवानपुर क्षेत्र नम्बर १(क)बाट सत्ता गठबन्धनबाट प्रेमबहादुर पुलामी, एमालेबाट कमल बहादुर विष्ट, हाम्रो नेपाली पार्टीबाट किशोर राना, नेमकिपाबाट काशीलाल प्रजापति, नेपाली कांग्रेस (बीपी)बाट कर्णबहादुर थिङ, राप्रपाबाट सागर थापा, सचेत नेपाली पार्टीबाट सोमबहादुर योञ्जन, जनता समाजवादी पार्टीबाट मेजर मान मोक्तान, स्वतन्त्रबाट ठेडबहादुर पुजारी मगर र जीवन गोलेले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी प्रदेशसभातर्फ १ (ख)मा सत्ता गठबन्धनबाट कांग्रेसका आन्दराम पौडेल, एमालेबाट एकलाल श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट किशोर अर्याल, नेमकिपाबाट रमेश मान सिंह, कांग्रेस (बीपी)बाट रमेश ढकाल, राप्रपाबाट गुञ्जनबहादुर न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट नवराज भ्लोन, सचेत नेपाली पार्टीबाट प्रदिप कुमार महर्जन, जनता समाजवादी पार्टीबाट दीपक सिन्तान, स्वतन्त्रबाट प्रकाश घिमिरे, कृष्ण केसी, लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछानेले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) का लागि सत्ता गठबन्त्रधनबाट माओवादी केन्द्रकी कुमारी मोक्तान, एमालेबाट विष्णु प्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट गंगालक्ष्मी वैद्य, सचेत नेपाली पार्टीबाट, ध्रुब प्रसाद दाहाल, स्वतन्त्रबाट सगुन कुमार ढकाल, पदम बहादुर लामा, प्रमोद गोपाली, र राप्रपाबाट राम बहादुर घलेले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर–२ (ख)का लागि राप्रपाबाट बद्रिबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशनबाट युनिश मोक्तान, कांग्रेस (वीपी)बाट पदम बहादुर तितुङ, सचेत नेपाली पार्टीबाट कृष्णप्रसाद आचार्य, एमालेबाट लालबहादुर थापा, सत्ता गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बानियाँ, जनता समाजवादी पार्टीबाट पुंगनाथ तिमल्सिना, स्वतन्त्रबाट खुशीलाल प्रजा, रामहरी सुवेदी र शान्ति दाहालले उम्मेदवारी दिएका छन् ।