निर्वाचन आयोगलाई ९६ जनाले बुझाए ३ करोड ५५ लाख रुपैयाँ जरिवाना रकम 

२३ असोज, काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारहरुबाट निर्वाचन आयोगले एकैदिन  ३ करोड ५५ लाख रुपैयाँ जरिवाना वापतको रकम संकलन गरेको छ ।

स्थानीय तहमा उम्मेदवार भएका कतिपय व्यक्तिहरु प्रतिनिधिसभा र प्रदेशसभामा समेत उम्मेदवार बन्न खोजेका थिए । जरिवाना नबुझाएसम्म आयोगले आफ्नो प्रणालीमा नाम इन्ट्री गर्न नदिने भएपछि उनीहरुले जरिवाना बुझाएको आयोगको प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।
आयोगको विवरण अनुसार आइतबारसम्म ९६ जनाले जरिवाना बुझाएर आफू उम्मेदवार बन्ने बाटो खोलेका छन् । तीमध्ये ७६ जनाले आयोगमै पुगेर जरिवाना बुझाएका थिए । आयोगले कान्तिपथ र अन्य निर्वाचन कार्यालयबाट जरिवाना बुझाउन पाउने सुविधा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *