एएफसी यू १७ : नेपाल थाइल्याण्डसंग ३–० ले पराजित

असोज १९ गते, काठमाडौं । एएफसी १७ वर्षमुनिकाे एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

भियतनामको फु थो मैदानमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको हो । नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई खोल खाएको हो ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले आउँदाे शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *