मुग्लिन –नारायणगढ सडकखण्डको घुमाउनेबाट त्रिशुली नदीमा कार खस्यो

असोज १७ गते, चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको एउटा कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । आज बिहान ८ बजेको समयमा बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको हो।

कारसँगै नदीमा खसेका दुई जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका छन् । कार घुमाउरो बाटोमा अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा डुबेको कारको खोजी कार्य भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *