फुटबल खेलको पूर्वाधार विकास गर्न पालिका अग्रसर छ : अध्यक्ष घलान

असोज १७ गते, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले फुटबल खेलको पूर्वाधार विकासमा पालिका अग्रसर रहेको बताउनुभएको छ । वडा नम्बर २ द्धारा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै अध्यक्ष घलानले सो कुरा बताउनुभयो ।

अध्यक्ष घलानले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि मात्र नभई आफ्नो व्यक्तित्व विकासका निम्ती पनि अपरिहार्य रहेको बताउनुभयो । उहाँले पालिकामा फुटबल खेलको विकास गर्न तल्लो तहबाटै प्रशिक्षण हुन जरुरी रहेको बताउँदै त्यसका लागि पालिकाले कार्यक्रमहरु सञ्चालन गरिने पनि जानकारी दिनुभयो ।

प्रतियोगिता समापन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष जनक पहरी, ४ नम्बर वडाध्यक्ष दन्तलाल माझी, नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष अरुण बल, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ४ नम्बर वडाका पूर्ववडाध्यक्ष रहर सिं थिङ, नेपाली काँग्रेस २ नम्बर वडा सभापति छबिलाल बोम्जन, नेकपा एमाले २ नम्बर वडाअध्यक्ष घनश्याम राई , राप्रपाका शरणकाजी श्रेष्ठ, बागमती माविका प्र.अ. हर्क राई लगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *