बागमती गाउँपालिका वडा नम्बर २ द्धारा जेष्ठ नागरिकलाई सम्मान

असोज १६ गते, बागमती । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ ले वडाभरीका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी २ सय जना जेष्ठ नागरिकलाई सम्मानसहित जाडोका लागि फाईबर सिरक वितरण गरिएको हो ।

सम्मानित हुने २ सयमध्ये २५ जना दलित समुदायका जेष्ठ नागरिक रहेका छन् । सम्मानित हुनेहरुमा दलितको ६० र अन्य जातीको ७० बर्ष उमेर समूह निर्धारण गरिएको थियो । बागमती २ राईगाउ, भुर्कुसटोलका सम्मनित ७४ बर्षिय प्रेम बहादुर बरालले वडाले गरेको यस कार्यबाट आफू निकै खुसि रहेको र वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो । ।

वडाध्यक्ष जनक पहरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ४ नम्बर वडाध्यक्ष दन्तलाल माझी, नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष अरुण बल, ४ नम्बर वडाका पूर्ववडाध्यक्ष रहर सिं थिङ, नेपाली काँग्रेस २ नम्बर वडा सभापति छबिलाल बोम्जन, नेकपा एमाले २ नम्बर वडाअध्यक्ष घनश्याम राई , राप्रपाका शरणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका वडा सचिव राजकुमार सिञ्चुरी, २ नम्बर वडा सदस्य राजु तितुङ, वडा सदस्य कृष्ण बहादुर श्रेष्ठ, बागमती माविका प्र.अ. हर्क राई लगायतकाको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *