सहकारीले उत्पादनशील र व्यावसायिक क्षेत्रमा लगानी गर्नुपर्छ : प्रमुख घलान

असोज १५ गते, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सहकारीले उत्पादनशिल र व्यावसायिक क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा उद्धघाटन गर्दै प्रमुख घलानले सो कुरा उल्लेख गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी घलानले सहकारीले आफ्नो क्षेत्रफल बढाएर बैंकसंग प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाउँदै लगिरहेको बताउनुभयो । सोही अवस्थामा वंशगोपाल सहकारीलाई पु¥याउन कार्यक्षेत्र बढाउन, ऋण व्यवस्थापन तथा यसका व्यवस्थापकीय पाटोलाई विशेष महत्वका साथ लैजान उहाँले आग्रह गर्नुभयो । द्धन्द्धकालिन समयमा आफ्नो कार्यक्षेत्र हर्नामाडीमा रहेको कुरा स्मरण गर्दै समन्वय समिति प्रमुख घलानले यस क्षेत्रसंग आफ्नो विशेष सम्बन्ध रहेकै कारण सहकारीलाई आफुले सक्ने सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर सदस्य जुना दंगाल, ज्योती माध्यामिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष हर्क रम्तेल, बागमती प्रदेश कृषि बिकास बैंकका बरिष्ठ अधिकृत नूरप्रसाद गौतम, ज्योती सामुदायिक बन उपभोक्ता समिति हर्नामाडीका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशवराज पण्डित, साना किसान सहकारी संस्थाकी अध्यक्ष रेखा खतिवडा, शेयर सदस्यका तर्फबाट गोपाल नेपालीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्थापनाकालदेखि सहकारीलाई अगाडी बढाउन तथा शेयर सदस्यहरुको बढोत्तरी गर्न सहयोग पु¥याएको भन्दै सञ्चालक समिति सदस्य प्रेम बराललाई सम्मान गरिएको छ । त्यस्तै बन, जंगल र पर्यावरणमा सहयोग पु¥याएवापत ज्योती सामुदायिक बन उपभोक्ता समिति हर्नामाडीका अध्यक्ष रामबाबु खतिवडा र शैक्षिक, बौद्धिक र प्राज्ञिक क्षेत्रमा सहयोग पु¥याएवापत नविन नेपाललाई सम्मान गरिएको हो । हर्नामाडीका स्थायीबासी नेपालले सन् २०१९ मा भारतको वनारस हिन्दु विश्वविद्यालयबाट संस्कृत नीतिशास्त्रका आलोकमा लेखनाथ पौड्यालको काब्यकृतिको अध्ययनमा विद्यावारिधि गर्नुभएको हो । यसैगरी, कार्यक्रममा असल बचतकर्ता सीता तुलाधर र असल ऋणी मंगल बहादुर पाख्रिनलाई पनि मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।

वि.सं २०६५ सालमा विधिवत रुपमा दर्ता भएको वंशगोपाल सहकारीले हालसम्म ६ करोड ९६ लाख ४४ हजार ६ रुपैयाँ २७ पैसा स्थिती विवरण भएको छ । यस आर्थिक वर्षमा सहकारीले ८० लाख १ हजार ८८६ रुपैयाँ आम्दानी तथा १२ लाख ९६ हजार २४३ रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ ।


साधारणसभामा अध्यक्ष अरुण खतिवडाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष ईमानबहादुर थापाले कोषाध्यक्षको प्रतिवेदन,सहसचिब पुरुषोत्तम आचार्यले सचिबको तर्फबाट सचिबको प्रतिवेदन , ऋण उपसमितिको तर्फबाट उपाध्यक्ष एवं ऋण उपसमिति संयोजक माधव नारायण तुलाधार र संयोजक कपिल प्रसाद पराजुलीले आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

शेयर सदस्य गंगा कोइरालाले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । हटिया , हर्नामाडी र बकैया गाउँपालिकाका केहि वडाहरुमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको सहकारीमा १ हजार ४५ जना शेयर सदस्य रहेका छन् ।

वंशगोपाल सहकारीको अध्यक्षमा पुन : खतिवडा चयन

यसैबिच, वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः अरुण खतिवडा चयन हुनुभएको छ । शनिबार सम्पन्न १४ औं साधारणसभाले खतिवडालाई फेरी पनि अध्यक्षमा चयन गरिएको हो ।

साधारणसभाले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिबमा पनि पुरानै नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा माधव नारायण तुलाधार, सचिवमा बरुण खतिवडा, कोषाध्यक्षमा इमान बहादुर थापा र सहसचिबमा पुरुषोत्तम आचार्यलाई नै चयन गरेको छ । त्यस्तै साधारणसभाले यसअघिकै सदस्यहरु प्रेम बहादुर बराल, कमला खड्का, चन्द्रकुमारी ढुंगाना, रिनु दोङ, मानबहादुर थापा र रिता दुरैलीलाई नै निरन्तरता दिएको हो । अर्का एक नयाँ सदस्यमा भने कुमार प्रसाद अधिकारी चयन हुनुभएको छ ।

संस्था सञ्चालनमा पारदर्शीता, स्पष्टता र सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई शिरोधार्य गरेर अगाडी बढाएको भन्दै पुनः पुरानै नेतृत्वलाई निरन्तरता दिइएको सहकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *