असोज १४ गते, हेटौंडा । नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘हिजो आजका कुरा’मार्फत राम्रो परिचय बनाएका अभिनेता तथा निर्देशक सन्तोष पन्त सहित कलाकारहरु हेटौंडामा आएका छन् ।
टेलिशृंखलामा चर्चित भएको नामाबाट नै ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रचार प्रसारका क्रममा हेटौंडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आएका हुन् ।
निर्माता निर्देशक साकार पन्त, कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा, विनय कुँइकेल, जेविका कार्की, अनुष्का अधिकारी,दिव्य देव पन्त आएका हुन् ।
एनएस सिनेमा हलमा आएका कलाकारहरुलाई सिनेमाका सञ्चालक कैलाश ढकालले स्वागत गरेका थिए ।
कलाकारहरुलाई एनएस सिनेमा हलमा अचानक भेट्न पाउदा चलचित्र हेर्न आएका दर्शकहरु खुसी व्यक्त गर्दै फोटो खिच्न व्यस्त भएका थिए ।
दर्शकहरुसंग कुरा गर्दै कलाकारहले यही असोज २८ गते प्रर्दशन हुन लागेको र चलचित्र हेर्नकालागि अनुरोध गरे ।
यसै क्रममा निर्देशक साकार पन्तले चलचित्रमा समाजका बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको बताएका हुन्।
चलचित्र अग्रगामी सोचको र हेरेपछि दर्शकहरुले गहन विषय समेटियो भन्दै प्रफुल्ल्ल हुनेमा ढुक्क रहेको निर्देशक साकारको दावी छ ।
चलचित्रकै विषयमा कलाकर सन्तोष पन्तले फिल्ममा ३ पुस्ताको कथा देखाइएको बताए । किशोर किशोरीको अवस्था, युवावर्ग र वृद्धवृद्धा अवस्थाको कथा भएको र आफुले ६० वर्षको भुभिका निर्वाह गरेको बताए । विगतमा टेलिचलचित्र हेर्नु भएका दर्शकहरुले नामकै कारण पनि हेर्नुहुनेमा ढुक्क रहेको दिव्य देव पन्तले बताए । उनले अहिलेको प्रविधि प्रयोग गरेर ठुलो पर्दामा उतारेर नयाँ स्वाद दिनेगरि कोशीस गरिएको बताए । नेपालको राजधानी काठमाण्डौं देखि हिमाली भुभाग, सोलुखुम्बु, तराईका केही भुभागका रमणिय स्थल कैद गरिउको दृश्य रहेको जानकारी दिए ।
कलाकार ऋचा शर्माले चलचित्र निमार्णमा जुटेपछि आईपरेका बिभिन्न समस्यासंग सामना गर्दै काम गरिएको बताइन् । विगतमा ब्राण्ड बनेको टेलिचलचित्रकै नामबाट तयार गरिएको ठुलो पर्दाको फिल्मलाई माया गर्न आग्रह गरिन् । उनले चलचित्रमा नारीहरुको हकहितमा लड्ने पत्रकारको भुमिका निर्वाह गरेको बताएकी हुन् ।
चलचित्रमा डेव्यु गर्ने अनुष्का अधिकारीले राम्रो अनि चलेको टिमसंग काम गर्न पाउदा खुसी लागेको र परिवारै पाएको बताईन ।
कलाकार जेविका कार्कीले चलचित्रमा युवाहरु बिदेशिने जिद्धिपनका विषयहरु समेटिएको र सेन्टिमेन्ट संगै दर्शकहरु हाँस्न पाउने बताईन् ।
कलाकार विनय कुँइकेलले चलचित्रले भरपुर मनोरञ्जन दिने बताए । उनले आफु अल्लारे युवाको भूमिकामा देखिएको बताए ।
वि.सं २०५३ सालमा सुरु हुँदा टेलिश्रृंखलाको नाम ‘आज भोलिका कुरा’ राखिएको थियो। नेपाल टेलिभिजनका तत्कालीन महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिश्रृंखला १७ भागपश्चात् ‘भोलिको कुरा’ पछि ‘हिजो आजका कुरा’ नाम राखिएको थियो । टेलिश्रृंखलालाई तत्कालीन समयमा दर्शकले निकै रुचाइएको थियो । ‘हिजो आजका कुरा’६ सय ९९ भाग प्रसारण भएको थियो ।
वि.सं २०६३ मा टेलिश्रृंखला बन्द भयो। दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरेका थिए। कलाकार पन्तले पुनः यसलाई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटेपछि उनकै छोरा साकार पन्त पहिलोपटक यसै चलचित्रबाट निर्देशनमा उत्रिएका हुन् । चलचित्रमा पन्तको जोडी रमा थपलिया छिन्।
फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतको अभिनय रहेको छ। चलचित्र ‘हिजो आजका कुरा’ असोज २८ गते प्रर्दशन हुनेछ ।