असोज १४ गते, थाहानगर । बागमती प्रदेशकी सामाजिक बिकासमन्त्री कुमारी मोक्तानले मन्त्रालयले प्रदेशको शिक्षा र खेलकुदमा समान लगानी गरेको बताउनुभयो । शुक्रबार थाहा नगरपालिकाको जनकल्याण माबिको खेल मैदानमा सुरु भएको प्रथम जिल्ला स्तरीय पुरुष विच भलिबल प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले सो कुरा बताउनुभएको हो ।
मन्त्री मोक्तानले प्रदेशभरको माध्यामिक विद्यालयहरुमा खेल प्रशिक्षकको व्यवस्था गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गरेकाले विद्यालय स्तरबाटै खेलाडी उत्पादन हुने तथा मकवानपुरका १० वटै स्थानीय तहमा खेलाडी उत्पादन हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।
मन्त्री मोक्तानले थाहा नगरपालिकाका खेलाडीहरु जिल्लामा पहिले देखिनै स्थापित भएको स्मरण गर्दै पुराना खेलाडीहरुको सम्मानले नयाँ पुस्ताका खेलाडीलाई थप उत्साह हुने बताउनुभयो । उहाँले बजेटको हिसाबले थाहा नगर पछाडी नरहेकोले खेल तथा युवा क्षेत्रमा नगरले प्राथमिकतामा राख्दै बजेट बिनियोजनमा ध्यान दिन आग्रह गर्नुभयो ।
उद्धघाटनमा पुर्व भलिबल खेलाडीहरु राजेश केसी,सानोभाइ कार्की ,उदयदाश श्रेष्ठ ,मधुसूदन रायमाझी ,कृष्ण बहादुर बिष्ट ,रमेश कार्की ,दिपक लामा,बिश्वमान श्रेष्ठ ,विक्रम जोशी ,र मनोज अधिकारीलाई सम्मान गरिएको थियो ।
विच भलिबलका संयोजक युवराज बिष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरका उपप्रमुख भरत गोपाली , जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली,थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान,थाहा नगर शिक्षा समिती संयोजक तथा वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,थाहा नगर खेलकुद विकास समितिको निवर्तमान संयोजक राजेश केसी,जनकल्याण माबिका प्र अ सानोभाइ कार्की ,नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,फरक क्षमताको धनी कलाकार तथा चित्रकार अमिर भोम्जन लगायतकाको उपस्तिथि रहेको थियो।
यहि असोज १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ४० टिमको सहभागिता रहेको छ ।