असोज १४ गते, एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाको मेलबर्नमा हुने पुरुष टी–२० विश्व कपका लागि पुरस्कार राशिको घोषणा गरेको छ । आईसीसीका अनुसार विश्व कप जित्ने टिमले २० करोड रुपैयाँ ९१६ लाख अमेरिकी डलर० भन्दा धेरै पाउने छ ।
यस्तै उपविजेताले यसको आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनल पुग्ने टोलीले चार लाख डलर पाउने आईसीसीले जनाएको छ ।
टी–२० विश्व कपमा १७ टिमले खेल्नेछन्, यो प्रतियोगिता झन्डै एक महिनासम्म चल्ने छ ।
प्रतियोगितामा आठ टिम सुपर १२ मा आउर बाहिर हुनेछन् । जसमा हरेक टिमले ७० हजार डलर पाउने छन् ।
सुपर १२ मा पुग्ने आठ टिममा अफगानिस्तान, अस्ट्रेलिया, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका छन् ।