हिजो स्थगित बागमतीको वडास्तरीय फुटबल प्रतियोगिता पुनः सुरु, बिहानको खेलमा वडा नम्बर ३ बिजयी

असोज १३ गते, हेटौंडा । बागमती गाउँपालिकामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको आज बिहानको खेलमा वडा नम्बर ३ बिजयी भएको छ । वडा नम्बर ३ ले आयोजक टिम वडा नम्बर २ ‘सी’ लाई ४-२ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा २-२ गोलको बराबरीमा रहेको दुबै टिम दोस्रो हाफमा वडा न. ३ ले थप २ गोल गरेको थियो ।

खेल तालिका अनुसार बुधबार वडा नम्बर ३ र ९ बिच खेल तय गरिएको थियो । तर, वडा नम्बर ९ सहभागी नहुने भनिएपछि आयोजक रहेको वडा नम्बर २ को वडास्तरीय खेलकुद विकास समितीले आयोजक टिम ‘सी’ संग वडा नम्बर ३ ले खेल्नुपर्ने गरी खेल तालिका परिवर्तन गरिएको थियो । सोही विवादका बिच बुधबारका दिन तय भएको खेल स्थगित गरिएको थियो । आयोजक र वडा न. ३ को हिजो बेलुका बसेको छलफल पछि वडा न. ३ को केही सर्तमा खेल खेल्ने सहमती भएको थियो । आज सोही स्थगित खेल पुनः सञ्चालन गरिएको हो ।

अहिले आजको दोस्रो टिम वडा नम्बर ४ र ५ बिच खेल चलिरहेको छ । राईगाउँको बेलाचौरमा जारी छ । प्रतियोगितामा पहिलो हुनेलाई नगद ८० हजार रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । वडा नम्बर १, २ र ४ बाट दुई/दुई टिम र बाँकी रहेको ३, ५, ६, ७, ८ र ९ नम्बर वडाबाट एक/एक टिम सहभागी छन् । प्रतियोगिता सञ्चालन गर्न ४ लाख रुपैयाँ खर्च लाग्ने आयोजक समितिका अध्यक्ष जयबहादुर गोलेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *