रविन्द्र मिश्रले पुनः काठमाडौं १ बाटै चुनाव लड्ने, भोली उम्मेदवारी घोषणा

असोज ११ गते,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले शुक्रबार आफ्नो उम्मदेवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

उनले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्र नम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।

राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो । उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने निणर्य राप्राले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *