मनिला बिष्टको पुनरागमनपछी मनहरीका ६५ जना एमाले कार्यकर्ताले छाडे पार्टी

असोज १३ गते, मनहरी । संघ र प्रदेशको निर्वाचन नजिकिदै गर्दा मकवानपुरको मनहरी गाउँपालिकाका एमाले कार्यकर्ताले पार्टि परित्याग गरेका छन् । गत कार्यकाल सम्हालेकी गाउँपालिका उपाध्यक्ष एंव नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्ट मंगलबार पुन नेकपा एमालेमा फर्किएपछि असन्तुष्ट बनेको वडा नम्बर ५ वडा कमिटीका पदाधिकारीले एमाले त्यागेको घोषणा गरेकाछन् । मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले एमाले परित्याग गरेका हुन्। पार्टीभित्र ‘अराजक’ व्यक्ति भित्रिएको भन्दै ५ नम्बर वडा कमिटी नै भंग गरिएको छ भने जिल्ला कमिटीका सदस्य शुभराज थिङ सहित ६५ जनाले हस्ताक्षर गरी नेकपा एमाले परित्यागको घोषणा गरेका हुन। 

 निवर्तमान ५ नम्बर वडाध्यक्ष समेत रहेका जिल्ला कमिटी सदस्य शुभराज थिङ, गाउँ कमिटी उपाध्यक्ष मोहनलाल थिङ, गाउँ कमिटी सचिवालय सदस्य तथा निवर्तमान कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नं वडा सह इन्चार्ज बुद्धिराम मुक्तान, ५ नं वडा कमिटी अध्यक्ष सोमनाथ रुम्बा,उपाध्यक्ष बलराम बस्नेत लगायतले एमाले त्यागेका हुन। छलफल नै नगरी हिजो पार्टी त्यागेकी आज स्थानीय तह सदस्य निर्वाचनमा चुनाव हारेका हारेकालागि पार्टीमा प्रवेश गराएको असन्तुष्टी जनाउदै सिङ्गो वडा कमिटीले राजीनामा दिएको वडाध्यक्ष रुम्बाले जनाएका छन् । बिष्ट सहित अनेरास्ववियुका नेता गोविन्द वर्तौला, बालमुकुन्द ढकाल, बासु पौडेल, अप्सरा ढुंगाना लगायतका समाजवादीका नेताहरुलाई पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सहजीकरणमा एमाले प्रवेश फोटो र समाचार सार्वजनिक भएको थियो । तत्कालीन गाउँपालिका उपाध्यक्ष हुँदा बिष्टले वडाध्यक्षहरुसँग झगडा गरेको, अध्यक्षलाई असहयोग गरेको, कार्य अबधि २ बर्ष बाँकी हुँदा नै पदबाट राजीनामा दिएको र पछि अदालतले परमादेश जारी गरी राजीनामा खारेज गरिदिएको थियो भने नेकपा एमाले विभाजनपछि उनले नेकपा एस रोजेकी थिइन। बिष्ट गएको बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मनहरी अध्यक्षमा गठबन्धनका उम्मेदवारसंग हार ब्यहोरेकी थिइन ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.