अञ्जन विष्ट बने अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैठौं खेलाडी

११ असोज, काठमाडौं ।अञ्जन विष्ट नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैठौं खेलाडी बनेका छन्।

मंगलबार दशरथ रंगशालामा जारी खेलमा अञ्जनले बंगलादेशविरूद्ध पहिलो हाफमै ह्याट्रिक पूरा गरे। उनले खेलको १८, २७ र ३८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

यसअघि नेपालका लगि पाँच खेलाडीले ह्याट्रिक गरेका थिए।

पछिल्लो पटक नवयुग श्रेष्ठले सन् २०१६ मा नेपालका लागि ह्याट्रिक गरेका थिए। उनले बंगलादेशको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरूद्ध ह्याट्रिक गरेका थिए।

त्यसअघि नेपालका लागि भरत खवास, निराजन रायमाझी, नरेश जोशी र गणेश थापाले ह्याट्रिक गरेका थिए।

भरतले एएफसी च्यालेन्ज कप छनोट २०१३ मा नर्दन मारियाना आइल्यान्डविरूद्ध ह्याट्रिक गरेका थिए।

यस्तै, नीराजन रायमाझीले विश्वकप छनोट २००१ मा मकाउविरूद्ध, नरेश जोशीले १९९९ मा श्रीलंकाविरूद्ध र गणेश थापाले १९८७ को दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध ह्याट्रिक गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *